मिति:- ९ चैत्र २०७९, बिहीबार | info@madheshpradesh.com | marketing@madheshpradesh.com | +977 9844242730
मुख्य-समाचारसमाचार

गठबन्धनबीच सिट बाँडफाँटबारे आज अन्तिम टुंगो लाग्ने, आजै प्रतिवेदन बुझाउने तयारी

गठबन्धनबीच सिट बाँडफाँटबारे आज अन्तिम टुंगो लाग्ने, आजै प्रतिवेदन बुझाउने तयारी काठमाडौं , भदौ २१ गते सत्ता गठबन्धन दलको सिट बाँडफाँटका लागि गठित कार्यदलले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दैछ । आजको बैठकले सिट बाँडफाँट अन्तिम टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । ‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ। मंगलबार फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,’ सोमबारको बैठकपछि कार्कीले भन्नुभएको छ ‘हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति समेत भएको छ ।’ संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button